
काठमाडौं, २३ चैत । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गर्ने भएको छ ।
सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले दिउँसो नेपाल आयल निगम घेराउ गर्न लागेको हो । नेविसंघ केन्द्रीय कार्यसमितिले दिउँसो २ः३० बजे निगमको केन्द्रीय कार्यालय घेराउ गर्न लागेको जनाएको छ ।
निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य घटबढ स्वचालित प्रणालीबाट गरिँदै आएको छ ।















प्रतिक्रिया