५ कार्तिक २०८३, बिहिबार

सोमबार सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेकोे छ । त्यस अनुसार आज छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रततोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ । पछिल्लो केही दिनयता सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव आइरहेको छ ।