५ कार्तिक २०८३, बिहिबार

जेठ महिनादेखि सवारी लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज हुँदै

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका आगामी जेठ महिनादेखि लागू हुने भएको छ ।

परीक्षा प्रणालीमा केही खुकुलो पारिएको नयाँ निर्देशिकाले प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने दर बढाउने बताइएको छ । तर, जेठ १ गतेदेखि लागू हुने नयाँ निर्देशिकामा हालका लागि ठूला सवारी साधनलाई नसमेटिएको जनाइएको छ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि ५०० वटा प्रश्नपत्र सार्वजनिक गरिने र त्यस भित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने नयाँ प्रावधान राखिएको छ ।

प्रयोगात्मक परीक्षाका बेला हुने सानो गल्तीका कारण पनि अनुमतिपत्रबाट वञ्चित गर्ने गरिएको गुनासो तीव्र बनेपछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गरेको हो ।

नयाँ निर्देशकिा अनुसार लिखित परीक्षाका लागि ५०० वटा प्रश्न सार्वजनिक गरिने छ । तिनै प्रश्नभित्रबाट २० वटा प्रश्न सोधिने र र ८० प्रतिशतसम्म मिलाउनेले लिखित परीक्षा पास गर्न सक्नेछन् ।

यसको अर्थ १०० मा ७० अंक ल्याउनेलाई पास गर्ने व्यवस्था गरिएको छ । पहिलेको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो ।