
काठमाडौँ, २२ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी भित्रको गतिरोधबारे छलफलका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
आइतबार आफू पक्षको काठमाडौँ जिल्ला भेलामा सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई पार्टीको आन्तरिक विवादका विषयमा छलफल गर्न सार्वजनिक रुपमा आग्रह गरेका हुन् ।
उनले समस्याको समाधान बैठकबाट गर्नुपर्ने बताए । उनले भने, ‘कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौं । छलफल गरौँ । तर छलफल गर्न बहस गर्न त पार्टी चाहियो । बैठकमा त बस्नुपर्यो । कुनै समस्याको समाधान खोज्नु छ भने बस्नु त पर्यो । बस्नका लागि संगठन चाहियो । संगठनको बैठक चाहियो । बैठकमा उपस्थित हुनुपर्यो ।’
उनले भने, ‘अहिले पनि भनिरहेका छौँ पुरानो ठाउँमा आउनु भनेको के हो त ? २०७५ साल जेठ २ गतेमा जानु भनेको विघटन गरिएको पार्टीलाई फेरी ब्यूँताउनु हो । त्यो बेलाको संगठनात्मक संरचनालाई यथावत राख्नु, जो जो नेतृत्वमा थिए उसलाई स्वीकार गर्नु, जो जो पदाधिकारी थिए उसलाई मान्नु । जो जो सदस्य थिए त्यसलाई स्वीकार गर्नु यही होइन र ? तर उहाँले स्वीकार गर्न चाहनुभएन । एकलौटी रुपमा मनपरी ढंगले आफुसँग सहमत नभएका व्यक्तिहरुलाई फाल्न थाल्नुभयो ।’
नेपाल पक्षले आजै काठमाडौँमा समानान्तर जिल्ला समितिको पनि घोषणा गरेको थियो ।












प्रतिक्रिया