१३ कार्तिक २०८३, शुक्रबार

कोरोना बढ्दै, एकै दिन १७६ जनामा संक्रमण, काठमाडौँमा मात्रै ९९ जना संक्रमित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १७६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ११७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ जना रहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै आइतबार ९९ जनामा संक्रमण देखिएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ८५ हजार २ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ ।