१३ कार्तिक २०८३, शुक्रबार

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको आजको बैठकले उनीहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग गर्यो । प्रस्तावित न्यायाधीश चुँडाल विरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताए ।

प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुराबारे बैठकलाई ध्यानाकर्षण गराए ।

बैठकमा उजुरीकर्ताहरु उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिए । –रासस