
काठमाडौँ, २२ चैत । ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ ।
महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा उनीमाथि २ जनाले सामूहिक करणी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले करणीको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरेको छ ।
घटनामा संलग्न त्यही गेष्ट हाउसका कामदार रहेको बुझिएको छ । किशोरीलाई गेष्ट हाउसमा बोलाएर उनीहरुले जबरजस्ती करणी गरेका थिए ।












प्रतिक्रिया