
काठमाडौँ, २२ चैत । ललितपुरको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई २ अर्बको ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको हो ।
उनलाई ललितपुर ल्याइएको छ ।
श्रेष्ठलाई गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिका गरी करिब २ अर्ब ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । ठगीको विषयमा प्रहरीले केही समय अघि देखि अनुसन्धान गरिरहेको थियो ।
आफैँ अध्यक्ष भएको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए ।












प्रतिक्रिया