१३ कार्तिक २०८३, शुक्रबार

सरकार गठनबारे एमालेले गरेको निर्णय मान्छौँः रघुजी पन्त

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । नेकपा एमाले खनाल–नेपाल समूहका नेता रघुजी पन्तले सरकार गठनमा एमालेले जे निर्णय गर्छ त्यही मान्ने बताएका छन् ।

शनिबार सो समूहको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ’सरकार गठनमा एमालेले जे निर्णय गर्छ, हामी त्यही मान्छौँ । हामीलाई माओवादी केन्द्रसँग जोडेर नहेर्नुस् ।’

उनले अन्य पार्टीसँग आफ्नो पार्टीको धारणा जोडेर नहेर्न र आफूहरु एमालेको एकताका लागि अघि बढेको स्पष्ट पारेका छन् । ‘नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले सरकारबारे आ–आफ्ना निर्णय गर्लान्, हामी आफ्नो पार्टी एकता जोगाउने विषयमा केन्द्रित छौं,’ उनले भने ।

उनले आफूहरुको बैठक सरकारका विषयमा नभइ पार्टीभित्रका समस्याका विषयमा भएको प्रस्ट पारे ।

नेकपा एमालेमा स्पष्ट विभाजन देखिएको छ । यद्यपि नेताहरुले एमालेलाई एक बनाउन प्रयास गरिरहेको दावी गरिरहेका छन् ।