१३ कार्तिक २०८३, शुक्रबार

भन्सार छलि लैजान लागेको आधी किलो सुनसहित दुई पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । लुकाई छिपाई भन्सार छलि लैजान लागेको करिब ५१६.७२० ग्राम सुनजस्तो देखिने पहेलो रंगको धातुको वाला १ थान र विस्कुट आकारको ४ थान धातु सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका विष्णु बहादुर भण्डारी र भक्तपुर बस्ने काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका–१ स्थायी वतन भएका ५६ वर्षीय कमलकृष्ण केसी रहेका छन् ।

फ्लाई दुवाईको उडानद्वारा दुवईबाट काठमाडौं आएका विष्णु बहादुरलाई भन्सार कार्यालय र विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा कमलकृष्ण उक्त धातु संकलन गर्न आएको खुल्न आएपछि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट कमलकृष्ण समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।