१३ कार्तिक २०८३, शुक्रबार

अल्पमतमा परे पनि कर्णाली सरकारले विश्वासको मत नलिने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ चैत । कर्णाली प्रदेश सरकार अल्पमतमा परे पनि विश्वासको मत नमाग्नले प्रदेश सरकारले निर्णय गरेको छ ।

नेकपा माओवादीको शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको संसदीय दलको बैठकले तत्काल विश्वासको मत नमाग्ने निर्णय गरेको छ ।

एमालेको १० जना सांसदहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भए पनि एमालेबाटै ३ जना अझै सरकारमै रहिरहेको भन्दै तत्कालै विश्वासको मत माग्नु नपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

आइतबार हुने एमालेको संसदीय दलको निर्णयअनुसार थप अन्य कदम चाल्ने माओवादीले जनाएको छ ।

माओवादीको सांसद धर्मराज रेग्मी एमाले प्रवेश गरेसँगै रेग्मीलाई हटाइएको माओवादीले जनाएको छ ।

त्यस्तै, माओवादीको संसदीय दलको बैठकले प्रदेश प्रमुखले विश्वासको मत लिन पठाएको पत्रप्रति आक्रोश समेत व्यक्त गरेको छ ।