
काठमाडौँ, २१ चैत । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सो समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले दुई महिने पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको हो ।
कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा सुदृढीकरण अभियान अघि बढाउने
सो समूहले निष्कर्ष निकालेको छ ।
सो समूहले विभिन्न संगठनहरुलाई सक्रिय बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय गरेको छ भने आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाउने निर्णय गरेको छ ।












प्रतिक्रिया