१३ कार्तिक २०८३, शुक्रबार

इतिहास र संस्कृतिको जगेर्ना गर्नेलाई राष्ट्रले यथोचित सम्मान गर्नुपर्छ: राष्ट्रपति भण्डारी

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास संशोधन मण्डलको पुस्तकालय अवलोकन गरेकी छन् ।

त्यही अवसरमा इतिहासविद महेशराज पन्त र दिनेशराज पन्तसँग उनले छलफल पनि गरेकी छन् ।

उनीहरुसँग भेट्न राष्ट्रपति भण्डारी डल्लुस्थित पन्त निवास पुगेकी थिइन् ।

करिब २ घण्टा त्यहाँ अवलोकन तथा छलफल गरेकी उनले राष्ट्रको पहिचान भनेकै इतिहास र संस्कृतिबाट झल्किने भएकाले यसको जगेर्ना गर्ने कार्यमा योगदान गर्ने व्यक्तिलाई सरकारले यथोचित सम्मान गर्नुपर्ने बताइन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि राष्ट्रपतिसँगै अवलोकनमा गएका थिए ।

इतिहास संशोधन मण्डलको पुस्तकालयमा रहेका प्राचिन ग्रन्थहरुको पनि भण्डारीले अवलोकन गरीन् ।

यसैबीच नजिकै घर रहेका नेकपा एमाले नेता झलनाथ खनाललाई भेट्न राष्ट्रपति भण्डारी त्यसतर्फ गएको बताइएको छ । खनालको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ उनी गएको बुझिएको छ ।