
काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् ।
आज प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सरकारलाई समर्थन दिएका दलहरूले समर्थन फिर्ता लिएको खण्डमा राजीनामा दिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै माग्दैपिच्छे आफूले राजीनामा दिन नसक्ने पनि स्पष्ट पारेका छन् ।
समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको बताउँदै प्रधानमन्त्री ओलीले विकासका काम भन्दा राजीनामाको विषयलाई मिडियाले उचालेको आरोप समेत लगाएका छन् ।















प्रतिक्रिया