
काठमाडौं, २१ चैत । ट्राभहिल डट कम प्रालिले कृषि उत्पादन खरिद–बिक्रीका लागि ‘हाट बजार’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
हजारौं किसानहरुले आफ्नो उत्पादनहरु हाटमा जसरी बेच्न राखेका हुन्छन्, त्यसैगरी ग्राहक तथा विक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरि खरिद–विक्री गर्न सक्नेगरि कम्पनीले लामो प्रयासपछि यो एप तयार गरेको बताएको छ ।
कृषि उपज किन्ने र बेच्ने ई–बजार (हटिया)को रुपमा विकास गरेर यो एप सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । जसले सिधै कृषक र उपभोक्ताबीच सहज रुपमा खरिद–बिक्री गर्न सहज होस् भन्ने कम्पनीको चाहना भएको बताइएको छ । यो कुनै पनि ई–कमर्श व्यवसाय नभएको हुदा यहाँ कृषक र उपभोक्ता सिधा रुपमा आफ्नो मोलमोलाई गरेर सामान खरिद–विक्री गर्न सक्ने छन् ।
ट्राभहिल डट कम प्रालिमार्फत ल्याइएको यो एपले युवाहरु माझ ‘हामीले उत्पादन मात्र गर्नुपर्ने रहेछ, तुरुन्त विक्री हुन्छ’ भन्ने विश्वास दिलाउनु मुख्य उद्देश्य कम्पनीको छ ।















प्रतिक्रिया