
काठमाडौं, २१ चैत । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार ढाल्न कांग्रेसले खेलेको प्रतिपक्षीय भूमिका सराहनीय रहेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै कांग्रेसको पछिल्लो कदमको प्रशंसा गरेका हुन् ।
‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ,’ अन्य दलहरूलाई समेत सरकारविरुद्ध उभिन आह्वान गर्दै भट्टराईले लेखेका छन्, ‘अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता–प्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’















प्रतिक्रिया