१३ कार्तिक २०८३, शुक्रबार

यातायात मजुदरबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु, दुई घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० चैत । जाजरकोटमा मजुदरबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बारेकोट गाउँपालिकामा यातायात मजदुरको बीचको झडपमा एक जनाको मृत्यु भएको हो ।

झडपमा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

बारेकोट–२ स्थित देउलाचौरमा झडप भएको र उनको शव बारेकोटको देउला खोलामा भेटिएको हो ।

प्रहरीका अनुसार यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो । झडपमा भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् ।

हत्यामा संलग्नताको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।