मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सेवा नपाएका उपभोक्ताबाट कुनैपनि शुल्क लिइँदैनः प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ चैत २० गते १६:२३

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी सेवा नपाएका उपभोक्ताले शुल्क तथा सेवा नपाएकाले पनि जरिवाना तिर्नुपर्ने अवस्था अन्त्य गरिने बताएका छन् ।

शुक्रबार भृकुटीण्डपमा मेलम्ची खानेपानी आयोजनाको उद्घाटनका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई आफूले निर्देशन दिने बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नै नगरेका काठमाडौबासीले पनि शुल्क तिर्नुपरेको बताउँदै यसबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले यो व्यवस्था गलत भएको बताउँदै यसको अन्त्य गरिने बताए ।

उनले भने, ‘यो कुरा सुन्दा अचम्ममा परेको छु । सेवा प्राप्त नगरिकन शुल्क तिर्नुपर्ने हुनै सक्दैन । यसलाई सच्याइने छ । म सबै निकायलाई भन्न चाहन्छु । सेवा नदिइ सेवा शुल्क लिन मिल्दैन । त्यसमाथि जरिवाना गर्न झन् मिल्दैन । सरकारले कमजोरी क्षमायाचना गर्नुपर्नेमा दण्डित गर्ने कुरा किमार्थ उचित हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित