५ कार्तिक २०८३, बिहिबार

भारतमा एकैदिन ८१ हजार जना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि, ४६८ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि हिजो बिहीबार ७१ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लोपटक बढेको संख्यासँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ भने १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ ।