५ कार्तिक २०८३, बिहिबार

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा अमित पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले सर्टटर्म ४५७ भिषामा २/२ वर्ष कामका लागि १०५ दिन भित्रमा पूरै प्रक्रिया पूरा गरी अष्ट्रेलिया पठाईदिन्छु भन्दै विभिन्न व्यक्तिलाई आश्वासन दिएको प्रहरीले बताएको छ । अष्ट्रेििलया पठाउनका लागि भुजेलले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनेर २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको खुलेको प्रहरीले बताएको छ ।

पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।