५ कार्तिक २०८३, बिहिबार

आज पनि ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, दुई दिनमै १८०० रुपैयाँले महंगियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । अघिल्लो दिन बिहीबार प्रतितोला ९०० रुपैयाँले बढेको सुनको मूल्य आज शुक्रबार पनि सोही दरमा वृद्धि भएको छ ।

प्रतितोला ९०० रुपैयाँले वृद्धि भएसँगै आज शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० र तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।