१३ कार्तिक २०८३, शुक्रबार

माओवादीले लगायो सर्वोच्चलाई पनि आरोप

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसला गलत भएको आरोप लगाएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले बिहीबार नेकपा बारेको फैसलामा पुनरावलोकनको माग गर्दै दायर भएको रिटमा भएको दावीका पक्षमा फैसला दिन अस्वीकार गरेपछि माओवादीले तीव्र असन्तुष्टि व्यक्त गरेको हो ।

श्रेष्ठले ट्वीटरमार्फत सर्वोच्चको फैसला गलत भएको आरोप लगाउँदै जनतालाई जाग्न आग्रह गरेका छन् ।

यस्तो छ श्रेष्ठको ट्वीट:

‘सर्वोच्च अदालतले २०७७।११।२३ मा हाम्रो पार्टीको सम्बन्धमा गरेको आदेशको पुनरावलोकन नगर्ने भनी आज गरेको निर्णय पहिलेको आदेश झैं राजनीतिक कदमकै निरन्तरताको अर्को कडी हो । यो गलत निर्णयप्रति हाम्रो तिब्र असहमति छ। अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोज्दैछ। जागौँ।’

फागुन २३ मा सर्वोच्च नेकपा एमाले र माओवादी ब्यूँतिने फैसला गरेपछि माओवादी संकटमा परेको छ । ३ वर्ष अघि पनि माओवादीको अस्तित्व सकिन लाग्दा एमालेले ४० प्रतिशत हैसियत दिएर एकता भएको थियो ।