
काठमाडौँ, १९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप १५२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ जना रहेको छ ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया