१३ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ–तराई फाष्ट ट्रयाकको दोस्रो प्याकेजको टेन्डर रोक्न सेनालाई निर्देशन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । काठमाडौँ–तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) को दोश्रो प्याकेजको टेन्डर रोक्न नेपाली सेनालाई संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।

सेनालाई समितिको बिहीबार बैठकले निर्देशन दिएको हो । बैठकमा फाष्ट ट्रयाकबारे रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल भएको थियो । फाष्ट ट्रयाकमा अहिले पुल र सुरुङ निर्माण गर्ने दुईवटा प्याकेजमा काम भैरहेको छ ।

त्यस अन्तर्गत सेनाले पहिलो चरणमा दुई निर्माण कम्पनी छनोट गरेको थियो भने दोस्रोमा एउटा मात्रै निर्माण कम्पनी छनोट गरिएको र प्रतिस्पर्धा नहुने भएकोले त्यसलाई रद्ध गर्न समितिले निर्देशन दिएको हो । त्यसलाई रद्ध गरेर पुनः अर्को प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विकास आयोजनाहरु निर्माण गर्दा आइपर्ने समस्या हटाउन, आवश्यक विवाद समाधान गर्न, आवश्यक कागजात र निर्देशिका बनाउन समेत निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले बोलपत्र आह्वान गर्दा सेनाले सार्वजनिक खरिद ऐन विपरित गरेको आरोप लगाउँदै टेन्डर प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका थिए ।