
सुर्खेत, १८ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई कानुन संकाय अन्तर्गतको प्रवेश परीक्षा पुनः नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार अदालतले कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
विश्वविद्यालयले सो संकायको स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ गतेसम्म प्रवेश परीक्षा लिएको थियो ।
परीक्षा विवादित बनेपछि विश्वविद्यालयले नतिजा नै रद्द गरेर चैत २२ गतेका लागि पुनः परीक्षा मिति तोकेको थियो ।
प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीहरुले सुर्खेतको उच्च अदालतमा रिट दायर गरेका थिए ।













प्रतिक्रिया