१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानीको औपचारिक वितरण सुरु गरिने

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ चैत । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक रुपमा सुरु गर्ने भएकी छन् ।
सरकारले एक समारोहबीच मेलम्चीको पानी वितरणको औपचारिक सुरुआत गर्न लागेको हो ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेकाअनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी वितरण औपचारिक सुरुआत गरिनेछ । सर्वसधारणले निःशुल्क पिउन मिल्ने गरी भृकुटीमण्डपमा अहिले ३ वटा धारा बनाइँदैछ ।

शुक्रबार राष्ट्रपति भण्डारीले औपचारिक रुपमा पानीको वितरणको सुरुआत गर्नेछिन् ।