
बुटवल, १८ चैत । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । वुधबार दिउँसो १ बजे बस्ने अधिवेशनमा मन्तव्यपछि दुई वटा विधेयक पेश हुँदैछन् ।
बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन पेश हुने बताइएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुका लागि पुरानै कुर्सी कायम हुने बताइएको छ ।
एमाले र माओवादी केन्द्र छुट्टिएपछि गठबन्धन सरकारका रुपमा हुने भएकाले माओवादीका सांसदहरु पनि सत्तापक्षकै कुर्सीमा बस्ने बुझिएको छ ।












प्रतिक्रिया