१३ कार्तिक २०८३, शुक्रबार

सुरेन्द्र पाण्डेले के लेखे स्पष्टीकरणमा ? (पत्रसहित)

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ चैत । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफमा ९ पाना लामो पत्र बुझाएका छन् ।

मंगलबार पत्र बुझाएका उनले प्रधानमन्त्री ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा नै समस्या उत्पन्न भएको दावी गरेका छन् ।

‘तपाईंबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुन सकेको भए पार्टीभन्दा गुट शक्तिशाली हुने अहिलेको अवस्था आउँदैनथ्यो’, स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टीका हरेक सदस्य गुटका पछाडि दौडिरहनुपर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्ने हुँदैनथ्यो । गुटलाई बलियो बनाउन शक्तिशाली गुटका नेताद्वारा गरिने सदस्यहरुको ‘खरिद–बिक्री’ जस्ता घृणित गतिविधिहरु हुँदैनथे । गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएकाहरु पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौँ पार्टी निर्माणमा लागेकाहरू अपमानित भएर बाँच्नु पर्ने हुँदैनथ्यो,’ उनले लेखेका छन् ।

हेर्नुस् पत्रको पूर्णपाठ: