
काठमाडौँ, १६ चैत । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले फिर्ता लिने भएको छ ।
आफ्नै पार्टीको सरकार जोगाउन आफूहरुको कर्तव्य भएको बताउँदै नेपाल पक्षका प्रदेशसभा सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिनेबारे औपचारिक निर्णय लिने बताइएको छ ।
गत पुस १० गते तत्कालीन नेकपाका प्रचण्ड–माधव पक्षका ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
फागुन २३ गतेको सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् । जसका कारण नेपाल पक्षले आफ्नै पार्टीको सरकारको विरुद्ध जानु नहुने भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिन लागको हो ।
बागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमालेको स्पष्ट बहुमत छ । बागमती प्रदेशसभामा कुल ११० सांसदमध्ये सत्तारुढ दल नेकपा एमालेको ५७, नेपाली काँग्रेसको २२, साझा विवेकशील दलको ३, राप्रपाको २, नेपाल मजदुर किसान पार्टीको २ र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन् ।












प्रतिक्रिया