१३ कार्तिक २०८३, शुक्रबार

संयुक्त संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्री थापाको नेतृत्वमा टोली गठन

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । सरकारले थरुहटका आन्दोलनरत पक्षसँग वार्ता गर्न टोली गठन गरेको छ ।

रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट–थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली बनाएको हो ।

त्यस्तै, वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

आन्दोलनरत पक्षले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

आजैदेखि वार्ता सुरु हुने बताइएको छ ।

चैत १२ गते आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले आग्रह गरेको थियो ।