१३ कार्तिक २०८३, शुक्रबार

देशभर ४ दिनका लागि शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । सरकारले देशभरका शिक्षण संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको शिक्ष मन्त्रालयको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

अत्याधिक वायुप्रदुषणका कारण यस्तो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठले बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।

लाखौँ विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखेर मंगलबारदेखि ४ दिनका लागि सम्पूर्ण शिक्षण संस्थाहरु बन्दे गर्ने निर्णय गरेको हो ।