१३ कार्तिक २०८३, शुक्रबार

संरक्षित वन्यजन्तुको छालासहित ८ जना पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १४ चैत । नारायण नगरपालिका–३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छाला सहित ८ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नौमुले गाउँपालिका–३ नाउले बस्ने धन बहादुर सुनार, सोही गाउँपालिका–१ लेली बस्ने कविराम अधिकारी, सोही गाउँपालिका–४ बस्ने रोशन बस्नेत, सोही गाउँपालिका–२ बस्ने धन बहादुर पुरी, सोही गाउँपालिका–३ बस्ने दल बहादुर खत्री, सोही गाउँपालिका–२ बस्ने हस्त बहादुर थापा, भगवतिमाइ गाउँपालिका–१ बस्ने गोविन्द्र थापा र सोही गाउँपालिका–२ बस्ने धन बहादुर रावत रहेका छन् ।

वन्यजन्तु ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले सोही नगरपालिका–३ खुर्सानीबारी पिपल चौतारास्थित सडकमा क.०२००१ ज.००३६ नम्बरको बलेरो जिप जाँच गर्ने क्रममा उक्त छाला फेला पारी जिपमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद भएको छाला सहित आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय दैलेखमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।