१३ कार्तिक २०८३, शुक्रबार

तीन वर्ष भित्र प्रत्येकको घरमा सुरक्षित खानेपानी पुर्‍याउँछौ: मन्त्री चौधरी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-माधव बेल्बासे

कपिलवस्तुु, १४ चैत । नेपालको पहिलो नल्का (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।

शनिबार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न २ लाई लुुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानी युक्त वडा घोषणा गरिएको गरेका हुन् ।

मन्त्रीले चौधरीले वडावासीलाई सुरक्षित खानेपानी बनाउने ज्ञान आर्जन भएकोले अब वडाका सबैले सुरक्षित खानेपानी पाउने बताए। मुुलुुककै पहिलो वडाको रुपमा घोषणा गर्न सफल भएकोमा वडाबासीलाई धन्यवाद दिए ।

प्रदेश सरकारले अबको तीन वर्ष भित्र प्रत्येकको घरमा सुरक्षित खानेपानी पुुर्याउने लक्ष्य राखेको बताए । “प्रदेश सरकारको लक्ष्य सफल बनाउन नागरिकहरुको सहयोग अनिवार्य छ, मन्त्रीले चौधरीले भने, “तीन वर्ष भित्र सबै नागरिकहरुको घरमा सुरक्षित खानेपानी पुुर्याउछौ, ।”

सरकारले वास प्लान देखि अन्य योजनाहरु बनाएकोले अब घरघरमा पुुगेर पानी जाँच लगाएत कतिपय ठाउँमा पानी ट्याङकी निर्माणको काम भइरहेको उनले बताए । प्रदेश सरकारले शिवराज नगरपालिकामा तीन वटा खानेपानी योजनाहरु छनोट गरेकोले निर्माणको काम निरन्तर चलेको बताए ।

लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सुरक्षित खानेपानी आजको मुख्य आवश्यकता रहेको बताए । दुषित पानीकै कारणले धेरै रोगहरु लाग्ने भएकाले स्वास्थ्य जिवनको लागि शुुद्ध पानी चाहिने बताए । यस कार्यलाई निरन्तरता दिदै साना साना बालवालिकाहरुलाई पनि सुरक्षित पानी बनाउने ज्ञान दिनुुपर्ने जनाए ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले वडामा रहेका पाँच हजार बढी नागरिकहरुले सुरक्षित खानेपानी पाएको बताए । एउटा वडावाट सुरु भएको सुरक्षित खानेपानी घोषणा कार्यक्रम सबै वडामा निरन्तर चल्ने बताए ।

वडाका १३ वटा टोलमा समिति गठन गरि निरन्तर काम गरेर (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको वडा अध्यक्ष राम बहादुर चौधरीले बताए ।

खानेपानी सुरक्षा योजना चलयामान राख्नेको लागि मासिक बैठक,पानीको गुुणस्तरीय जाँच गर्ने,१५/१५ दिनमा क्लोरिनेशन विधिवाट शुुद्धिकरण गर्ने लगाएतका योजनाहरु रहेको उनले बताए ।

वडामा रहेका ९९५ घरधुुरीमा ७७२ वटा नल्का प्रयोगमा रहेको र २२ वटा नल्कामा आर्सेनिकको मात्रा बढी रहेकोले बन्द गराइएको शिवराज नगरपालिकाका वास अफिसर राजेश चौधरीले बताए ।