१३ कार्तिक २०८३, शुक्रबार

चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकल कारवाहीमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ चैत । चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्न थालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गर्न थालिएको हो ।

मोडिफाइ गरिएका मोटरसाइकलबाट आउने आवाजले ध्वनि प्रदुषण बढ्नुका साथै समाजमा अराजकता थपिएकाले कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

शुक्रबार मात्रै ३४ वटा मोटरसाइकललाई कारवाही गरिएको थियो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलाई ५/५ हजार रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिने प्रहरीले जनाएको छ ।