आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतमा नेपाली महिलाको शव फेला

दैनिक नेपाल २०७७ चैत १३ गते १०:०२

महेन्द्रनगर, १३ चैत । सात दिनदेखि हराइरहेकी कञ्चनपुरकी विवाहित महिला भारतमा मृत फेला परेकी छिन् ।

बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरथी राना भारतमा मृत फेला परेकी हुन् । भागरथी चैत ६ गते घरदेखि हराएको उनका श्रीमान मोली रानाले बताए ।

मृतकका श्रीमानले चैत ८ गते उनी हराएको भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका थिए ।

मृतक युवती भारतको पिलिभितमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित