आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भारतमा भेटियो कोरोना भाइरसको नयाँ ‘डबल म्यूटेन्ट भेरियन्ट’

‘नयाँ भेरियन्टले रोग प्रतिरोधात्मक क्षमतामा असर नगरी संक्रमण फैलाउन सक्छ’

दैनिक नेपाल २०७७ चैत १२ गते ११:१४

काठमाडौं, १२ चैत । भारतमा कोभिड १९ को ‘डबल म्यूटेन्ट भेरियन्ट’ भेटिएको छ ।

बुधबारमात्रै भारतमा करिब ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७७१ जनामा नयाँ भेरियन्ट भेटिएको हो । नयाँ भेरियन्टमध्ये ७३६ वटा बेलायतको, ३४ वटा दक्षिण अफ्रिकाको र एउटा भने ब्राजिलको भेरियन्ट भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतको नेशनल सेन्टर अफ डिजिज कन्ट्रोलका अनुसार हाल भारतमा संक्रमण उच्च रहेको क्षेत्रमा अलग अलग किसिमको म्यूटेशन प्रोफाइल भेटिएको छ । १५ देखि २० प्रतिशत नमूनामा म्यूटेशन देखिएको छ जुन पहिला भेटिएका भेरियन्टभन्दा फरक छ ।

यो नयाँ भेरियन्टबारे थप अध्ययन भइरहेको छ । नयाँ भेरियन्टले रोग प्रतिरोधात्मक क्षमतामा असर नगरी संक्रमण फैलाउन सक्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित