आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

देशभर क्वारेन्टिन र आइसोलेसन सेन्टरको विवरण संकलन गर्दै गृहमन्त्रालय

दैनिक नेपाल २०७७ चैत १२ गते १०:४५

काठमाडौं, १२ चैत । गृह मन्त्रालयले देशभरका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको बताइएको छ । ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न निर्देशन दिइएको छ । केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भीडभाड, सभा, जुलुस नगर्न पनि अपिल गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित