आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

माधव नेपालसहित चार नेताहरूले स्पष्टीकरणको जवाफ दिने

दैनिक नेपाल २०७७ चैत १२ गते ९:५८

काठमाडौं, १२ चैत । एमालेका वरिष्ठ नेता माधव नेपालसहित चार नेताहरूले स्ष्टीकरणको जवाफ दिने भएका छन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताहरू माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण माग्ने निर्णय अध्यक्ष केपी ओलीले गरेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै नेपाल समूहले प्रत्युत्तर पठाउने भएको छ  ।

ओलीको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले चार नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तीन दिनअघि चार जनालाई महासचिव ईश्वर पोखरेलले स्पष्टीकरण पत्र पठाएका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज गर्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको थियो ।

चार जना नेतालाई महाधिवेशन आयोजक कमिटीका सदस्यको रूपमा सम्बोधन गर्दै स्पष्टीकरण पत्र पठाइएको थियो ।

प्रतिउत्तरमा के–के विषय कसरी समेट्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । स्पष्टीकरण सोधिएका चिठीहरू पहिले नै सञ्चारमाध्यममा आए पनि उनीहरूले पत्र प्राप्त गरेपछिको तीन दिनको समयसीमा बिहीबार पुग्दै छ ।

स्पष्टीकरण पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही किन नगर्ने भन्ने प्रश्न सोधिएको छ ।

प्रतिक्रिया
सम्बन्धित