काठमाडौं, ११ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत डिनलाई भेटेर आफूहरूसँग गरिएको पूर्वसहमति कार्यान्वयन गर्न एक साताको अल्टिमेटम दिएको छ ।
नेविसंघ र त्रिविबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न मंगलबार नेविसघले ध्यानाकर्षण गरेको हो ।
आर्थिक अभावले महंगो कोर्ष पढ्न नसक्ने विद्यार्थीहरूका लागि प्रत्यक्ष लाभान्वित गर्न विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिनुपर्ने अलगायत माग नेविसंघको छ ।
माग पूरा नभएकोमा नेविसंघले कार्यान्वयन गर्न माग गरेको हो । लकडाउनका बेला विद्यार्थीबाट लिइएको शुल्कको ५० प्रतिशत शुल्क पनि मिनाहा गर्न माग नेविसंघको छ ।
नेविसंघ पद्मकन्या क्याम्पसकी नेता सगुन कँडेलले नेविसंघ र त्रिविबीच गत वर्ष साउन २४ मा भएको सहमतिका बुँदा कार्यान्वयन गर्नुपर्ने बताइन् ।
व्यवस्थापन संकायअन्तर्गत बीबीए, बीआइएम, बीबीएम, बीबीएएफ र बीटीटीआईलगायत कोर्ष पढाउने निजी क्याम्पसहरूले विद्यार्थीबाट छात्रवृत्तिको नाममा ५ लाखसम्म उठाएको पनि विद्यार्थीको भनाइ छ ।
नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले नेविसंघसँग त्रिविले गरेका सहमति कार्यान्वयन हुनुपर्ने बताएका छन ।











प्रतिक्रिया