१३ कार्तिक २०८३, शुक्रबार

मान्छे आक्रमण गर्दै हिँड्ने बाघ फलामे डण्डी भाँचेर भाग्यो

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १० चैत । बाँके राष्ट्रिय निकुञ्जबाट नरभक्षी पाटेबाघ भागेको छ ।

बर्दियामा मान्छेलाई आक्रमण गर्ने उक्त बाघलाई निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो ।

खोरबाटै बाघ भागेपछि निकुञ्जले मानिसहरुलाई जङ्गलभित्र नजान आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले मङ्गलवार बिहान छ बजे बाघ भागेको जानकारी आएको बताएका छन् ।

बाघले सेन्टरको दुई वटा फलामे डण्डी भाँचेर भागेको बताइएको छ ।