
विराटनगर, १० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने काम प्रतिपक्षी दल कांग्रेसको नभएको बताएका छन् ।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जली तथा परिवारलाई समवेदना व्यक्त गर्न मंगलबार विराटनगर पुगेका देउवाले पत्रकारहरुसँगको कुराकानीमा कांग्रेस विपक्षी पार्टी भएकाले तत्काल सरकारमा नजाने समेत बताएका छन् ।
‘कांग्रेसले सरकार बनाउँदैन । विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ उनले भने, ‘कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि ल्याउँदैन । कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
कांग्रेस विपक्षी पार्टी भएकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने उनको भनाइ छ ।















प्रतिक्रिया