
बर्दिया, १० चैत । मानव बेचबिखन गर्न खोजेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
२८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाईदिने प्रलोभवन देखाएर ललाई फकाई गर्ने मधुबन नगरपालिका–५ की ४३ वर्षीया रुपा सुनारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका–८ लालीबजारबाट पक्राउ गरेको बताएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया