
काठमाडौं, १० चैत । नेकपा एमालेका असन्तुष्ट पक्षका प्रमुख नेताहरुलाई पार्टी स्पष्टीकरण दिन पत्र काटेपनि उनीहरुले आफ्नो समानान्तर गतिविधिलाई जारी राखेका छन् ।
पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै सोमबार नेताहरु माधवकुमार नेपाल, भीव रावल, धनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिँदै एमालेले पत्रका काटेको छ । तर, खनाल–नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेला आज हुँदै छ । भेलालाई माधवकुमार नेपाल स्वयम्ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
केही दिनअघि खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरुप नै आज सो पक्षले अनेरास्ववियुको राष्ट्रिय भेला बोलाएको हो ।
सोमबार बसेको खनाल–नेपाल पक्षको बैठकले पनि देशभर पार्टी कमिटी तथा जनसंगठनहरूको भेला, बैठकलाई निरन्तरता दिने र आधारभूत तहसम्मै रहेको आफ्नो शक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।















प्रतिक्रिया