तुलसीपुर, १० चैत । दाङमा बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तुलसीपुरमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा दुई विद्यार्थीको मृत्यु भएको हो ।
तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू कक्षा ११ मा पढ्ने विद्यार्थी हुन ।
दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइते केहीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।











प्रतिक्रिया