
काठमाडौं, ९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५० जना नयाँ संक्रमित थप भएका छन् ।
बितेको २४ घण्टामा देशभर ४ हजार ४७२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १०१७ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ४० हजार ९९८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १०१७ जना आइसोलेसन र ५१ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया