६ मंसिर २०८३, आइतबार

कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २७ यात्रु घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ९ चैत । कैलाली जिल्लामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ यात्रु घाइते भएका छन ।

आइतबार साँझ घोडाघोडी नगरपालिका–५ डोके बजारस्थित पूर्व पश्चिम राजमार्गमा अगाडि गुडीरहेको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको यात्रुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार धनगढीबाट काठमाडौंको लागि हिडेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटनामा परेको हो ।