३१ आश्विन २०८३, शनिबार

कोरोना खोप अभियान स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैंफ ५ चैत । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ। बाँकी रहेको एक लाख डोज खोप छुटेका र कम जनसंख्या भएका हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई दिइनेछ। अन्यत्रको नियमित अभियान भने हाललाई रोकिएको हो।

बुधबारसम्म नेपालमा १६ लाख ५० हजारजनाले खोप लिइसकेका छन्। बाँकी ५ लाख ५० हजार खोप पहिलो चरणमा माघ १४ देखि फागुन १० भित्र लिएकालाई दोस्रो डोज दिन राखिएको हो। कोभ्याक्सले दिने १९ लाख, भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरी ल्याउने १० लाख, फेरि खरिद गरिने ५० लाख तथा चीनबाट आउने ८ लाख डोज खोपबाट अभियान जारी राख्ने सरकारले जनाएको थियो।

‘खोप नआउन्जेलका लागि अभियान स्थगित गरेका हौं,’ महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बुधबार नागरिकसित भने। खोप आउने निश्चित नभएपछि खोप अभियान रोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। ‘संसारभरि खोप अभाव छ, नेपालमा कहिले आउँछ, भन्न सकिन्न,’ डा. गौतमले भने।

गौतमले चीनबाट खोप ल्याउने समय पनि यकिन भइनसकेको बताए। चीनले डेढ महिनाअघि अनुदानस्वरूप दिएको ८ लाख खोप पनि नेपालले अझै ल्याउन सकेको छैन। कोभ्याक्सले मार्चभित्रै दिने भनेको १० लाख खोप पनि पाइएको छैन। पवित्रा सुनारले नागरिक दैनिकमा समाचार लेखेकी छिन् ।