काठमाडौं, ३ चैत । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आज चियापान कार्यक्रमको आयोजना राखेका छन ।
सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरूलाई बोलाइएको छ ।
ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाएका छन ।
मोबाइल एसएमएसमार्फत उनले निम्तोसहितको सन्देश पठाएका छन । चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचिवबाहेकका पदाधिकारी खारेज र विभिन्न प्रदेश तथा संगठनमा नयाँ व्यक्ति नियुक्त गर्ने निर्णय खारेजी माग गर्दै आएको छ ।
खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।











प्रतिक्रिया