मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

बादलले औपचारिक रुपमा सम्हाले एमाले वागमती प्रदेश इञ्चार्जको जिम्मेवारी

दैनिक नेपाल २०७७ फागुन २९ गते १८:४२

काठमाडौँ, २९ फागुन । नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेको औपचारिक जिम्मेवारी सम्हालेका छन् ।

माओवादी केन्द्रमा नफर्किने निर्णय गरेसँगै बादललाई एमालेले केन्द्रीय सदस्य एवम् वागमती प्रदेशको इञ्चार्जमा मनोनयन गरेको थियो ।

शनिबार च्यासलमा आयोजित एक कार्यक्रममा बादलले प्रदेश इञ्चार्जको जिम्मेवारी औपचारिक रुपमा लिएका हुन् ।

शुक्रबार बसेको पार्टीको विशेष बैठकले बादललाई उक्त जिम्मेवारी दिएको थियो । त्यसको भोलिपल्टै उनले जिम्मेवारी सम्हालेका हुन् ।
बादलसँगै २३ जना पूर्वमाओवादी नेताहरु एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

उता माओवादी केन्द्रले भने शनिबार विहान २४ घण्टाभित्र स्पष्टिकरण दिनका लागि एमालेमा प्रवेश गरेका नेताहरुलाई निर्देशन दिएको थियो । यद्यपि उनीहरुले भने माओवादीमा नफर्किने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित