मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

माओवादी केन्द्र र विप्लवबीच ३ बुँदे सहमति

दैनिक नेपाल २०७७ फागुन २९ गते १८:२३

काठमाडौँ, २९ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ ।

शनिबार विप्लवको नेकपा र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको हो ।

शनिबार बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको हो ।

उनीहरुबीच वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित